काठमाडौं: विश्वकप फुटबल अन्तर्गत आज भएको खेलमा स्वेदनले दक्षिण कोरियालाई १-० गोल अन्तरले पराजित गरेको छ । निज्भी नोब्गोरोद रंगशालामा भएको उक्त खेलमा भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा प्राप्त पेनाल्टीमा गोल गर्दै स्विडेनले जित हात पारेको हो ।

खेलको पहिलो हाल्फमा कुनै टिमले गोल गर्न सकेका थिएनन्।  तर दोश्रो हाल्फ्को ६५ औं मिनेटमा दक्षिण कोरियाका मिन वु किमले स्विडेनका भिक्टर क्लाइसानलाई डिबक्समा फल गरे पछि भिएआरको सहयोगमा प्राप्त पेनाल्टीमार्फत स्विडेन

ले गोल गरेको थियो । स्विडेनका कप्तान एनद्रिस ग्रान्क भिस्टले प्राप्त पेनाल्टीलाई गोलमा परिवर्तन गरे पछि स्विडेनले अग्रता लिएको थियो ।


। खेलमा ठप  हुन नसके पछि पेनाल्टीको गोल नै निर्णायक हुँदा  स्विडेनले दक्षिण कोरिया माथि १-० गोल अन्तरको जित हात परेको हो ।