भित्र पार्टी एकताको घोषणा बाहिर कार्यकर्ताहरुको खचाखच (फोटो फिचर)







काठमाडौंः नेपाल कम्युनिष्ट पार्टीको घोषणा सभा करिब तीन घन्टाको प्रतीक्षापछि बिहीबार साँझ राष्ट्रियसभा गृहमा सुरु भएको छ। राष्ट्रिय सभागृह भित्र पार्टी एकीकरणको घोषणा हुने स्थान राष्ट्रियसभा गृहमा नेता कार्यकर्ताको घुँइचो लागेको थियो। एकता घोषणा सुन्न नेता कार्यकर्ताहरु बिहिबार मध्यान्हबाटै राष्ट्रिय सभागृह पुगेका थिए ।

राष्ट्रियसभा गृहमा सहमति पत्रमा हस्ताक्षर गरिरहँदा पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ६ बुँदे घोषणा पत्र पनि बाचन गरेर सुनाए ।

नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले पार्टी एकता सर्वसाधरणले


थाहा पाउने मितिमा हुँदैन भन्ने कुरा अहिले पुष्टि भएको बताए । उनले सत्तामा पुगेपछि स्खलित हुने नभइ जनतासंग भिजेको कम्युनिस्ट पार्टी बनाउने दावी गरे ।

 




ताजा समाचार


विशेष समाचार