कञ्चनपुरः सदरमुकाम भीमदत्तनगर बजारमा आज बिहान बम विस्फोट भएको छ ।

स्थानीय भानु पार्टी प्यालेस र सिटी हलका बीचमा नगर विकास समितिको जग्गा भाडामा लिई सञ्चालनमा रहेको देवस्वामी फर्निचर उद्योगको निर्माणाधीन भवनमा भएको बम विष्फोटबाट भवनको पर्खाल भत्किएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।