दमकः झापाको गौरादह नगरपालिकाका कर्मचारीको ढिलासुस्तीका कारण स्थानीय एक उपभोक्ता समितिका अध्यक्षले ज्यान गुमाएको समाचार आजको कान्तिपुरले आठौं पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, गत आर्थिक वर्षमै सम्पन्न योजनाको भुक्तानी हालसम्म नपाउँदा गौरादह–८ स्थित बैराती टहरा निर्माण उपभोक्ता समितिका अध्यक्ष ५८ वर्षीय धनवीर राजवंशीको मृत्यु भएको हो ।

नगरस्तरीय योजनाअन्तर्गत बैराती बजारमा स्थानीयको श्रमदानसहित ३ लाख रुपैयाँको लागतमा टिनको टहरा निर्माण गरिएको छ ।

ठेकेदार युवराज बास्तोलाले सम्झौताअनुसार टहरा निर्माणको काम गत वर्षको असार मसान्तमै सम्पन्न गरेको थिए ।


। भुक्तानीका लागि उपभोक्ता समिति अध्यक्ष राजवंशी तीन महिनादेखि नगरपालिकाको कार्यालय धाइरहेका थिए । बिल भौचरसहितको फाइल नगरपालिकामा बुझाउँदासमेत कर्मचारीले रकम भुक्तानीमा ढिला गरेका हुन् ।


प्रकाशित मितिः बुधबार, असोज १५, ०६:४५