काठमाडौंः सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर आज विहान गएको भूकम्पले क्षति भएको खबर नआए पनि पहिरोको जोखिम बढाएको छ ।

अहिलेसम्म ठूलो नोक्सानी भएको खबर नआएको र आफूले थप बुझ्ने प्रयास गरिरहेको उनले बताइन । तर भूकम्पले पहिरोको जोखिम बढाएकाले आवश्यक सतर्कताका लागि पहल भइरहेको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले भूकम्पपछि पहिरोको जोखिम थप बढेको बताए ।

उनले सम्भावित घटनालाई मध्यनजर गर्दै सुरक्षा निकायहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको जानकारी दिए ।

भूकम्प गएको ठाउँको अवस्थाबारे थप जानकारी लिइरहेको पनि उनले बताए ।

भूकम्पले हल्लाउन थालेपछि झ्यालबाट हाम फाल्दा जलविरेमा एक जना घाइते भएको प्रहरीले जनाएको छ ।


। उनी राष्ट्रिय बाणिज्य बैंक जलबिरे शाखाका कर्मचारी रहेको जनाइएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोको राम्चे केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा महसुस गरिएको थियो । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएपछि मानिसहरु सडकमा निस्किएका थिए ।


प्रकाशित मितिः २०७७ भदौ ३१, बुधबार, ०७:४२