काठमाडौं: सरकारले आगामी एक वर्ष भित्र भूकम्पले क्षति पुर्याएको निजी आवास पुनर्निर्माण सम्पन्न गर्ने जनाएको छ ।
संघीय संसद भवनमा आज प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपति विद्या देवी भण्डारीले पुननिर्माणको नीति तथा कार्यक्रममा यसलाई उल्लेख गरेकी हुन् ।
यस्तै, आगामी ३ वर्ष भित्र धरहरा, रानी पोखरी र काष्ठमण्डप पुनर्निर्माणको काम सम्पन्न गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा नेपालीहरुको प्रतिव्यक्ति आयलाई पाँच वर्षमा दोब्बर पुर्याउने पनि उल्लेख गरिएको छ ।
।
सरकारले एक दशकभित्रै समृद्धि सहितको सम्मानित अवस्थामा देशलाई पुर्याउने प्रतिबद्धता जाहेर गरेको छ । बुद्ध र सगरमाथाले चिनिने मुलुकलाई समृद्ध मुलुकको रुपमा सम्मानित बनाइने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
सरकारले कुनै बहानामा सरकारी काममा जोर जुलुम र अराजकता स्वीकार नहुने बताएको छ । यसैगरि सरकारले नीति तथा कार्यक्रममा जनता सामू लोकप्रिय हुन जनताको काम गरेर हासिल गर्ने बताएको छ ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook