काठमाडौंः २०७२ साल वैशाख १२ गते गते गएको भूकम्पबाट प्रभावित १८ जिल्लका २ सय ८६ गाउँ पहिरोको उच्च जोखिममा रहेको पाइएको छ । ती सबै गाउँका २ हजार ४ सय १८ घरपरिवार पहिरोको जोखिमयुक्त अवस्थामा रहेको सरकारका विभिन्न निकायको अध्ययनले देखाएको छ ।

भूकम्पपछि हालसम्म राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र खानी तथा भूगर्भ विभागका भूगर्भविद्हरूले भूकम्प प्रभावित जिल्लाको भौगर्भिक अवस्थाको अध्ययन गर्दै आइरहेका छन्। ती निकायको भौगर्भिक अध्ययनबाट भूकम्प प्रभावित गाउँहरू पहिरोको उच्च जोखिम रहेको आंैल्याएका हुन्।

खानी तथा भूगर्भ विभागका महानिर्देशकले भूकम्प आएलगत्तै जोखिममा रहेका प्रमुख बस्तीको पहिचान गरेर आफूहरूले गृह मन्त्रालय र पुनर्निर्माण प्राधिकरणलाई बस्ती स्थानान्तरण गर्न सिफारिश गरेको बताए ।


। ‘जोखिममा रहेका बस्ती छिटै स्थानान्तरण गर्न सकिएन भने ठूलो मानवीय र भौतिक क्षतिको खतरा रहने उनले बताएका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले भूकम्प प्रभावित १८ जिल्लाका २४ सयभन्दा बढी घरपरिवार पहिरोको उच्च जोखिममा रहेको स्वीकारेका छन् । उनले त्यस्ता खतरामा रहेका बस्ती स्थानान्तरण गर्न नसिएको पनि बताए ।

भूकम्प प्र्रभावित बस्तीहरू कति बेला के हुने हो भन्ने त्रासमा रहे पनि सरकारले दुई वर्षभित्र सुरक्षित क्षेत्रमा स्थनान्तरण गर्ने योजना भएको बताइएको छ ।