काठमाडौंः काठमाडौंको भृकुटीमण्डपस्थित प्रर्दशनी हल बाहिर आज बिहान एक जना पुरुष मृत भेटिएका छन् ।

निधारमा घाउ रहेको अवस्थामा भक्तपुर बोडे–९ का ४४ वर्षीय राम प्रसाद प्रजापति मृत अवस्था भेटिएका हुन् ।

उनको मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रहरीले मृतक प्रजापतिका साथमा कागजात र मोबाइलसमेत फेला पारेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ५ बुधबार, १३:५०