भोको पेटमा के खाने के नखाने







काठमाडौंः बिहानै उठेर तपाई जे खाने कुरा पहिला देख्नुहुन्छ के त्यहि खानुहुन्छ ? यदी यसो हो भने तपाईले भुल गर्दै हुनुहुन्छ, अब यसो नगर्नुस् ।

हतारमा आएर कयौं पटक हामी यस्तो गल्ती गरेर बस्छौं र खाली पेटमा जे पनि खान्छौं । यसरी खानाले हाम्रो पुरै पाचन प्रणालीमा नराम्रो असर पर्न सक्दछ । एसिडिटी, ग्याँस र चिसो जस्ता समस्या देखा पर्न सक्छ ।

भोको पेटमा नोक्शान पुर्याउन सक्ने खानाहरु 

कफी

बिहानै उठेर कफी को बिना तपाईको काम सुरु हुदैन भने तपाईको यो बानी बदल्नु जरुरी छ । किनभने यसले एसिडिटि हुन सक्छ । छातीमा जलन हुन सक्छ र खाना पनि डाइजेस्ट हुदैन्


। कफीले ग्याँस्टिक बढाउछ र खाएको कुरा पच्न पाँउदैन् । यसले हाइड्रोक्लोरीक एसिड बढाउन सहयोग गर्छ । जसले तपाईको ग्याँस्टिक बढाउछ ।

केरा 

तपाई बिहान बिहानै केरा खाएर धेरै पोषक तत्व पाउने सोच्दै आनन्द महशुस गर्नु भएको हुन सक्छ । यद्यपि खाली पेटमा केरा खानु भयो भने तपाईको हार्टमा नोक्शान पुग्न सक्छ । केरामा म्याग्नेसियम र पोटासियम प्रयाप्त मात्रामा हुन्छ र यसलाई खाली पेटमा खानाले ब्लडस्ट्रीममा यसको मात्रा बढ्न जान्छ र यसले तपाईको मुटुलाई प्रभावित पार्न सक्छ ।

टमाटर

केही मान्छेहरु टमाटरको पोषक तत्व देखेर बिहानै टमाटर खान थाल्छन् ।यसमा टनिक एसिडको मात्रा धेरै हुन्छ । जसले तपाईलाई एडिसिटि तथा अल्सर हुन सक्छ । काँक्रो पनि खाली पेटमा पचाउन मुस्किल हुन्छ । र खाली पेटमा काँच्चो सब्जी नखानु नै राम्राने हुन्छ ।

परौठा

के तपाई बिहान बिहानै केही नखादै परौठा खान मन पराउनुहुन्छ रु तपाईको यस्तो बानीले तपाईलाई दर्द बढाउन सक्छ। किनभने खाली पेटमा मिर्च मसलाले तपाईको पेटमा लाइनिंग को प्रभावित गर्छ जसले पाचन प्रणाली खराब हुनुको साथै एसिडिटि हुन सक्छ ।




ताजा समाचार


विशेष समाचार