भोजपुरः प्रहरीले भोजपुरमा गाई काटेको अभियोगमा एक जनालाई मंगलबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुर नगरपालिका–६ भगेरी बस्ने ४४ वर्षीय गोपाल परियार रहेका छन् ।

आफ्नै घरमा गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख १५ गते बुधबार, १३:४४