भोजपुरः आफ्नै २० वर्षीया बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा टेम्केमैयुङ गाउँपालिका बस्ने ४५ वर्षीय पुरुषलाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको छ ।

ती पुरुषले गत साउन १६ गते र भदौ ३१ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः आइतबार, असोज ४, २०७७, १९:३०