भोजपुरः षडानन्द नगरपालिका–१० खोटडाँडामा सोमबार साँझ जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको धरान १६ का २७ वर्षिय पुर्वा तामाङ रहेको इलाका प्रहरी कार्यालय साङपाङले जनाएको छ ।

प्रहरीका अनुसार भोजपुरको खोटडाँडाबाट सुन्तला लिएर धरान जाँदै गरेको को २ च १७९२ नम्बरको जिप अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा तुम्लिङटार मनोकामना अस्पताल संखुवासभामा मृत्यु भएको हो ।


प्रकाशित मितिः मंगलबार, पुस १५, १२:२२