भोजपुरः भोजपुरको आमचौक माजखानी स्थित भित्रीसडकमा शुक्रबार साँझ ट्याक्टरले किचेर सहचालकको घट्नास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा भोजपुर आमचौक–९ बोक्सेटारका १८ वर्षीय तेज बहादुर बस्नेत रहेका छन् ।

दुम्मानाबाट रानीटार तर्फ जाँदै गरेको ना ३ त ८७५१ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई पल्टिदा सोही ट्याक्टरले किचेर सहचालक बस्नेतको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।


प्रकाशित मितिः शनिबार, चैत १, १२:३४