भोजपुरः रामप्रसाद राई गाउँपालिका–५ मा आज बिहान ट्याक्टर दुर्घटना हुँदा परिचालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय १८ वर्षीय प्रदिप तामाङ रहेका छन् ।

मानेभन्ञ्याङ आमबोटे सडकखण्डमा को २ त ३६६९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा घाइते भएका उनको उपचारको क्रममा स्थानीय स्वास्थ्य चौकी मानेभन्ञ्याङमा मृत्यु भएको हो ।

दुर्घटना पश्चात् फरार रहेका चालकको खोजी भइरहेको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन २० गते बिहीबार, १६:०४