भोजपुरः ६७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर नगरपालिका–२ बस्ने ४५ वर्षीय दोर्ची शेर्पालाई प्रहरीले बुधबार राति पक्राउ गरेको छ ।

दोर्चीले ती महिलालाई सोमबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख १६ गते बिहीबार, १९:२७