काठमाडौंः स्वास्थ्य मन्त्रालयबाट नियमित प्रसारण हुँदै आएको कोरोना प्रेस ब्रिफिङ ५ दिनका लागि नगरिने भएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दशैं बिदा हुने भएकाले शुक्रबारदेखि मंगलबारसम्म प्रेस ब्रिफिङ नगरिने जानकारी दिएका हुन ।

प्रेस ब्रिफिङ नभए पनि अन्य माध्यमबाट कोरोनाको तथ्यांक जानकारी दिइने प्रवक्ता प्रा. डा. गौतमले बताए ।

दिउँसो सवा ४ बजेपछि दैनिक रुपमा हुने उक्त ब्रिफिङमा पछिल्लो २४ घन्टामा थपिएका कोरोना संक्रमित, निको भएका र मृत्यु भएकाहरुको विवरणसहित अन्य गतिविधिबारे जानकारी दिने गरिएको थियो ।

मन्त्रालयको स्वास्थ्य मोबाइल एप्लिकेसन, स्वास्थ्य मन्त्रालयको भाइबर ग्रुप र वेबसाइटबाट कोरोनासम्बन्धी जानकारी लिन सकिनेछ ।



प्रकाशित मितिः २०७७ साल कार्तिक ६ बिहीबार, १८:५८