ललितपुरः जिल्ला प्रशासन कार्यालय ललितपुरले कात्तिक २ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।

शुक्रबार भएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र तथा अन्य सरोकारवालासँगको परामर्शपछि स्थानीय प्रशासनले अत्यावश्यक बाहेकका अन्य सेवा बन्दको निर्णय गरेको हो ।

‘कात्तिक २ देखि ललितपुर जिल्लाभित्र अत्यावश्यक सेवाबाहेकका सार्वजनिक सेवा प्रवाह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ,’ जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीको भीड अत्याधिक भई संक्रमण फैलिने जोखिम रहेका कारण सो निर्णय गरिएको प्रशासनले जनाएको छ ।



प्रकाशित मितिः २०७७ साल कार्तिक १ शनिबार, ११:३२