काठमाडौंः सरकारले देशभरका सबै शिक्षण संस्थाहरु चार दिन बन्द गर्ने निर्णय गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायु प्रदूषणका कारण देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको हो ।
मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आज बसेको आकस्मिक बैठकले मंगलबारदेखि शुक्रबारसम्म चार दिन सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।
बैठकमा बोल्दै मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिए ।
बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए ।
।
शिक्षा मन्त्रालयले निकालेको विज्ञप्ति
प्रकाशित मितिः २०७७ साल चैत १६ गते सोमबार, १७:५०
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook