काठमाडौंः जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक भोलि मंगलबार बस्दैछ ।

पछिल्लो राजनीतिक अवस्था र संसदमा निर्वाह गर्ने भूमिकाका विषयमा छलफल गर्न जसपाको संसदीय दलको बैठक बस्न लागेको हो ।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकता भएपछि पहिलोपटक संसदीय दलको बैठक बस्न लागेको एक नेताले बताए ।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर जनता समाजवादी पार्टी बनेपछि अहिलेसम्म संयुक्त बैठक बसेको छैन ।


प्रकाशित मितिः २०७७ साल फागुन २४ गते सोमबार, १६:३२