काठमाडौंः नेपाली कांग्रेसको भोलि बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईको असोज २३ गते शुक्रबार निधन भएका कारण बैठक स्थगित गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

यसअघि १९ गतेको बैठकमा ७ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएसँग २५ गतेका लागि सारिएको थियो ।

बैठकको नयाँ मिति पनि तोकिएको छैन । पूर्व पदाधिकारीको निधन हुँदा तीन दिन पार्टीको झण्डा आधा झुकाउने र एक दिन कार्यालय बन्द गर्ने परम्परा छ । प्रसाईको २३ असोजमा निधन भएकाले २५ गते कार्यालय बन्द हुनेछ ।


प्रकाशित मितिः शनिबार, असोज २४, २०७७, १४:३७