काठमाडौंः बुधबारका लागि डाकिएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर फेरी स्थगित हुने भएको छ ।

नेकपाबाट को सभामुख हुने भन्ने विषयमा निर्णय हुन नसक्दा लगातार दोस्रो पटक संसद बैठक सूचना टाँसेर ११ दिनका लागि स्थगित हुन लागेको हो ।

संसद सचिवालय स्रोतका अनुसार अर्को बैठक पुस २७ गते बस्नेछ ।

यसअघि आज बिहान पार्टीका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच भएको छलफलमा पनि सभामुख कसलाई बनाउने भन्ने बारेमा सहमति नजुटेपछि संसद बैठक अन्यौलमा परेको हो ।

संघीय संसद् सचिवालयद्वारा आज प्रकाशित लिखित सूचनामा बुधबारका लागि पूर्व निर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने उल्लेख गरिएको छ ।


सभामुख चयनलगायत विषय दलहरुबीच व्यवस्थापन गर्नुपरेकाले बैठक स्थगन प्रतिनिधिसभाको अर्को बैठक यही पुस २७ गते अपराह्न १ बजे बस्ने छ ।


प्रकाशित मितिः मंगलबार, पुस १५, १६:३३