काठमाडौंः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भौतिक दुरी राख्दै सुरक्षित रुपमा होली पर्व मनाउन आग्रह गरेका छन् ।
मुलुकमा फेरि पनि कोभिड—१९ को प्रभाव र जोखिम बढ्दै गएको स्थितिलाई दृष्टिगत गरेर भौतिक दुरी राख्दै सुरक्षित रुपमा यो पर्व मनाउन देउवाको आग्रह छ ।
होलीका अवसरमा आज विज्ञप्ति जारी गर्दै देउवाले होलीको शुभकामना पनि दिएका छन् । होली धार्मिक र साँस्कृतिक पर्व भएको देउवाको भनाइ छ ।
यस्तो छ, विज्ञप्ति
प्रकाशित मितिः २०७७ साल चैत १५ गते आइतबार, ०७:३६
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook