काठमाडौंः भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई कोरोना संक्रमण भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री नेम्बाङले आज आफ्नो कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

सामान्य ज्वरो र खोकी लागे पछि मन्त्रीले स्वाब दिएका थिए ।

मन्त्री नेम्वाङले आफू संक्रमित भएकोले आफूसँग सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

यसअघि पर्यटन मन्त्री योगेश भट्टराई र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको थियो ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ३ सोमबार, १९:०२