काठमाडौंः भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसका अवसरमा गीतकार तथा सञ्चारकर्मी बिटु केसीले नयाँ गीत सार्वजनिक गरेकी छन् ।

केसीले ‘आधा मन’ गीति एल्वममा समावेस चौथो गीत ‘यी आँखाले ती आँखालाई’ बोलको लिरिकल भिडियो यूटूबमार्फत सार्वजनिक गरेकी हुन् ।

गीतमा गायक किरण भुजेलले स्वर दिएका छन् भने अनिल शाहीको संगीत रहेको छ ।

अमेरिकाको टेक्सास निवासी केसीको शब्द रचनामा रहेको ‘आधा मन’ एल्वममा विभिन्न गायक र गायिकाको स्वरमा रहेको छ ।

यसअघि ‘आधा मन’ एल्वममा समावेश गायिका एन्जेला श्रेष्ठको स्वरमा रहेको ‘तिमीले बोले मात्र’, गायक आशिष गुभाजुको स्वरमा रहेको ‘आधा मन स्वदेशमै’ र गायिका सुमिना लोको स्वरमा रहेको ‘बत्ति निभेको शहर भो जिन्दगी’ सार्वजनिक भइसकेका छन् ।


यस्तै ‘आधा मन’ एल्वमको अन्तिम गीत ‘किन किन तिम्रो माया’ भन्ने गीत जीना रसाइलीको स्वरमा चाँडै सार्वजनिक हुने गीतकार केसीले जानकारी दिइन् ।

भिडियो हेर्नुस्ः


प्रकाशित मितिः शुक्रबार, फागुन २, ०९:३६