धनगढीः गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचार, अपराध, तस्करी, अनियमितताका कारण देशको विकास हुन नसकेको उल्लेख गर्दै सुरक्षाअधिकारीलाई बदलिँदो परिवेसमा देशको विकास र समृद्धिका लागि कडाइका साथ काम गर्न निर्देशन दिएका छन् ।
बुधवार प्रदेश ७ को प्रदेश स्तरीय गोष्ठीमा बोल्दै गृहमन्त्री थापाले गलत गर्ने कोहीलाई पनि छुट नदिने भन्दै परिणाम देखिनेगरी काम गर्न जोड दिए ।
गृहमन्त्री थापाले विकास र समृद्धिका लागि भ्रष्टाचार, अनियमितता, तस्करी रोक्न कडाइकासाथ काम गर्न निर्देशन दिदै सबैको काम हेरिने बताए । विकास र समृद्धिका लागी सुशासन र सुरक्षा भनेर विशेष सुरक्षा गोष्ठी सबै प्रदेशमा गरिन लागेको उनले बताए ।
।
‘देशको विकास र समृद्धिका लागि सुशासन आवश्यक छ,’ उनले भने, ‘भ्रष्टाचार, अपराध, अनियमितता, तस्करी, सेण्डिकेट अन्त्य नभएसम्म मुलुकको विकास सम्भव छैन,’ निर्देशन दिँदै मन्त्रीले भने, ‘अब कडाइका साथ यो अन्त्य गरिनुपर्छ ।’
यातायातलगायत सबै क्षेत्रमा रहेको सेण्डिकेन्ट, कार्टेलिङ र एकाधिकार अन्त्य गरिने उनले बताए । प्रदेश ७ का ९ जिल्लाका प्रमुख जिल्ला अधिकारीले जिल्लाको सुरक्षा अवस्थाबारे ब्रिफिङ गरेका थिए ।
बैठकमा गृहमन्त्री थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह, गृहसचिव, ३ वटा सुरक्षा निकायका प्रमुख र नेपाली सेनाका उपरथीले पनि निर्देशन दिएको कैलालीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।
सुरक्षा अवस्थाबारे विश्लेषण गरेर शान्तिसुरक्षा र गलत क्रियाकलाप नियन्त्रणका लागी अपनाउनुपर्ने रणनितीबारे छलफल भएको उनले बताए। नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook