काठमाडौंः सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलता नीति अवलम्बन गर्दै राष्ट्रसेवकलाई प्रत्येक दिनको कार्य प्रारम्भ हुनुअघि भ्रष्टाचार नगर्ने प्रतिज्ञा गर्न उर्दी जारी गरेको समाचार आजको नागरिकले दोस्रो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रसेवक कर्मचारीलाई सुशासन र सदाचारको प्रवर्द्धन गर्न भ्रष्टाचार नगर्ने प्रतिज्ञा गर्न निर्देशन दिएको आज एक वर्ष पुगेको छ ।

प्रधानमन्त्रीको निर्देशनमा प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय/आयोग/सचिवालयलाई गरेको परिपत्रमा नेपाल सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताका नीति अवलम्बन गर्दै सुशासन र सदाचारको प्रवर्द्धन गर्न कामप्रति इमानदार भई प्रत्येक राष्ट्रसेवक कर्मचारीले प्रत्येक दिनको कार्य प्रारम्भ गर्नुअघि ‘म भ्रष्टाचार गर्दिन ।


। म भ्रष्टाचार गर्न दिन्न । म देश र जनताको लागि इमानदार भएर काम गर्ने प्रतिज्ञा गर्दछु ।’ भनेर अनिवार्य सपथ खानुपर्ने व्यवस्था गरेको छ ।

तर, मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै कार्यरत अधिकांश राष्ट्रसेवक कर्मचारीले सरकारको उक्त निर्देशन पालना र आत्मसात नगरेको मात्र होइन, प्रत्येक दिनको कार्य प्रारम्भ गर्नुअघि उक्त प्रतिज्ञा वाचन गर्नुपर्छ भन्ने कुरा नै भुलिसकेको बताउँछन् ।

 


प्रकाशित मितिः शुक्रबार, असोज १७, ०६:३२