काठमाडौंः आज मंगल ग्रह र पृथ्वी आमने सामने हुँदैछन् । त्यसैले मंगल ग्रह आज सबैभन्दा चम्किलो र ठूलो देखिने खगोलशास्त्रीहरुले बताएका छन् ।

आज जीएमटी २३ः२० मा मंगल, पृथ्वी र सूर्य तीनवटै ग्रह १८० डिग्रीको कोण अर्थात् सीधा लाइनमा हुने अमेरिकी अन्तरीक्ष निकाय नासाले जनाएको छ ।

वास्तवमा यो एक यस्तो दुर्लभ खगोलीय घटना हो जसमा मंगल ग्रह, पृथ्वी र सूर्य एउटै रेखामा हुनेछन् ।

हरेक २६ महिनामा पृथ्वी र मङ्गलको यो जोडी एक अर्कासँग सबैभन्दा नजिक आइपुग्छन् अनि फेरि आ–आफ्नै कक्षमा घुम्दै टाढिँदै जान्छन् ।

मंगलवार राति त्यो खास क्षण आउनेछ जसलाई खगोलशास्त्रीहरुले अपोजिसन अर्थात् आमनेसामने भन्ने गरेका छन् ।


। त्यसैले अर्को पटक मंगल ग्रह र पृथ्वी दुबै एक अर्काको नजिक डिसेम्बर २०२२ भन्दा अघि आउने छैनन् ।


प्रकाशित मितिः २०७७ साल असोज २७ मंगलबार, १०:४४