काठमाडौंः बागमती प्रदेश प्रहरी कार्यालयले गरेको मूल्यांकनमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत् प्रहरी सहायक निरीक्षक शिवराज गुरुङ कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा भएका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालयले आफ्नो कार्यालय मातहत कार्यरत प्रहरी कर्मचारीको कार्यसम्पादनको आधारमा गुरुङलाई कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

मकवानपुरमा भएका विभिन्न घटना अनुसन्धान, लागुऔषध बरामद तथा फरार प्रतिबादी पक्राउ गर्ने कार्यमा उत्कृष्ट कार्यसम्पादन गरेकोलगायत कार्यको उचित मूल्यांकन गर्दै प्रदेश प्रहरी कार्यालयमा गठन भएको छनौट समितिले उनलाई सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरी अभिलेखमा जनिने गरी नगद पुरस्कारद्वारा पुरस्कृत गरेको छ ।


प्रहरी सहायक निरीक्षक शिबराज गुरुङ सहित कार्तिक महिनामा उत्कृष्ट कार्य गर्ने १५ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् ।

प्रदेश प्रहरी कार्यालयले महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि २०७७ अनुसार छनोट समिति गठन गरेर हरेक महिना सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गर्न थालेको हो ।


प्रकाशित मितिः २०७७ साल मंसिर ७ आइतबार, १९:२१