हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका–९ तिरतिरे धारा ज्यामिरे स्थित सडक खण्डमा शुक्रबार साँझ प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटार बस्ने २६ वर्षीय बिकाश भन्ने कुमार मुक्तान र सोही ठाउँ बस्ने २८ वर्षीय रोशन भन्ने श्याम बहादुर तामाङ्ग रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले हेटौंडा तर्फबाट मनहरी तर्फ जाँदै गरेको ना १४ प ६२२३ नम्बरको स्पेलन्डर मोटरसाइकललाई रोकी चेक जाँच गर्ने क्रममा सो मोटरसाइकल चालक मुक्तान र सो मोटरसाइकलको पछाडि चढेका तामाङ्गलाई शंका लागी चेकजाँच गर्दा उनीहरुले बोकेको २ वटा झोलामा लागु औषध ONREX ७३ बोतल फेला पारी उनीहरुलाई लागू औषध सहित नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टिका बहादुर कार्कीले जानकारी दिए ।


पक्राउ परेका दुवै माथि थप अनुसन्धान भइरहेको छ ।

उनीहरु दोषी ठहर भएमा लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम दण्ड सजाय १ वर्षदेखि १० वर्षसम्म कैद र १ लाखदेखि २० लाख रुपैयाँसम्म जरिवाना हुने कानूनी प्रावधान रहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।


प्रकाशित मितिः शनिबार, फागुन १७, १४:०१