मकवानपुरः राक्सीराङ गाउँपालिका–५ ढाडेमा सोमबार साँझ ट्याक्टर पल्टिँदा सोही ट्याक्टरले च्यापिएर चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय १८ वर्षीय आरे भनेर चिनिने आइते प्रजा रहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

प्रहरीका अनुसार मनहरीबाट बालुवा लिएर चैनपुरतर्फ जाँदै गरेको ना ४ त ३९६० नम्बरको ट्याक्टर पल्टिएको थियो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।


प्रकाशित मितिः मंगलबार, पुस ८, ११:३१