मकवानपुरः लकडाउनको १४ औं दिन सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले लकडाउनको अवज्ञा गर्ने जिल्लाका विभिन्न स्थानबाट प्रहरीले ११२ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ ।

कार्यालयका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमध्ये मोटर साइकल १०३ वटा, अटो ८ वटा र म्याजिक १ वटा रहेका छन् ।

सवारी साधनका चालकहरुलाई आवश्यक कारवाही गरी छाडिएको मकवानपुर प्रहरीका प्रबक्ता प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए ।

यसैगरी, तोकिएको समयसिमा भन्दा पछाडि आधा सटर खोली मासुपसल सञ्चालन गरेको, मोवाईल पसल सञ्चालन गरेको, वर्कशप खोलेको र सडकमा ब्याडमिन्टन खेलेका जम्मा ९ जना मानिसलाई नियन्त्रणमा लिई सम्झाई बुझाई गरेर साँझ छाडिएको उनले बताए ।



प्रकाशित मितिः मंगलबार, चैत २५, ०६:३२