मकवानपुरः जिल्ला अदालत मकवानपुरको फैसलाबाट कैद तथा जरिवाना असुल उपर गर्न बाँकी रहेका विभिन्न मुद्दाका ३७ जना फरार रहेकाहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

बिभिन्न शिर्षकका मुद्दाहरूमा जरिवाना तथा कैद सजाय तोकी फरार रहेका उनीहरुलाई सोमबारदेखि आजसम्म गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरुलाई पक्राउ गरी कैद तथा जरिबाना भुक्तानको लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

पक्राउ परेकाहरुमा ८ वर्ष ५ महिना १५ दिन कैद सजाय र रु. ८० हजार ७५ रुपैयाँ १ पैसा जरिवाना भुक्तान गर्न बाँकी रहेकोमा जिल्ला अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय पठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।



प्रकाशित मितिः २०७७ साल कार्तिक २६ बुधबार, १३:१७