मकवानपुरः हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–११ कै थानाभर्याङका ३६ वर्षीय खेमलाल श्रेष्ठ रहेका छन् ।
ना ६ ख ४०४४ नम्बरको ट्रकले ना १ ह ३४०८ नम्बरको टेम्पोलाई आज बिहान पौने ६ ठक्कर दिँदा घाइते भएका उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
फरार रहेका ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
प्रकाशित मितिः २०७७ साल फागुन १३ गते बिहीबार, ०८:५०
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook