मकवानपुरः भिमफेदी गाउँपालिका–९ अगोरमा शुक्रबार बिहान साढे १ बजे भएको कार दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतीय नागरीक ४५ वर्षीय सन्तोष सल्वा कुमार रहेको प्रहरीले जनाएको छ ।

वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बा १ य १२८३ नम्बरको पर्यटक कार दुर्घटना हुँदा गम्भीर घाइते भएका कारमा सवार उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।

घाइते भएका कारमा सवार अन्य २ जनाको सोही अस्पतालमै उपचार भइरहेको छ ।

कार चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः शुक्रबार, पुस २५, १३:४४