मकवानपुरः मनहरी गाउँपालिका–६ सुनाचरीमा सोमबार बेलुकी ग्यास बुलेटको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ७३ वर्षीय जसमान घिसीङ रहेको प्रहरीले जनाएको छ ।

सोमबार बेलुकी साढे ८ बजे हेटौंडाबाट चितवनतर्फ आउदै गरेको भारतीय नम्बर प्लेटको ग्यास बुलेटको ठक्करबाट घिसीङको घटनास्थलमै मृत्यु भएको हो ।

चालकलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः मंगलबार, असार ९, २०७७, १६:५५