मकवानपुरः हेटौंडा उपमहानगरपालिका १९ बस्तीपुरमा हेटौंडाबाट चितवनतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
ना ५ ख ४६०९ नम्बरको बस आज दिउँसो अनियन्त्रित भई पल्टिँदा बसका परिचालक लमजुङको सुन्दरबजार नगरपालिका–८ का ३३ वर्षीय हरि गौलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका सबै जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
बस चालकलाई प्रहरी चौकी लेवटले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मितिः २०७७ साल पुस ११ गते शनिबार, १८:२९
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook