मकवानपुरः मनहरी गाउँपालिका–६ सुनाचुरीमा आज बिहान बस र ट्रक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बस चालक पर्साको वीरगञ्ज महानगरपालिका–१५ का ३५ वर्षीय मदन कुमार थापा, बसमा आएका भारतीय नागरिकहरु ४० वर्षीय सुनिल कुमार र ४० वर्षकै अभयलाल कुशवाह रहेका छन् ।

हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ५१४९ नम्बरको बस र विपरीत दिशाबाट हेटौंडा आउँदै गरेको ना ६ ख ८९ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा थापाको उपचारको क्रममा कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा मृत्यु भएको हो । अन्य दुई जनालाई भने अस्पताल पुर्‍याउना साथ डाक्टरले मृत घोषणा गरेका थिए ।


घाइते १६ जनाको कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमै उपचार भइरहेको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन २९ गते शनिबार, १६:४६