मकवानपुरः हेटौंडा उपमहानगरपालिका ११ मा शनिबार साँझ मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । यस्तै दुर्घटनामा २ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा स्थानीय निरज रानाका ८ वर्षीय छोरा निर्जल राना रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

नवलपुरबाट हेटौंडातर्फ आउँदै गरेको ना ६३ प ७७३४ नम्बरको मोटरसाइकल पैदल हिंडिरहेका बालकलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका बालकको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको हो ।

यस्तै, दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक हेटौंडा–९ का २४ वर्षीय निकेश सुवेदी र पछाडि चढेका २६ वर्षीय निरज सुवेदीलाई उपचारको लागि काठमाडौं पठाइएको छ ।



प्रकाशित मितिः आइतबार, फागुन १८, १०:२१