मकवानपुरः हेटौंडा उपमहानगरपालिका–२ चौकी टोलमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ७६ वर्षिय पूर्णलाल श्रेष्ठ रहेका छन् ।

बिहीबार बेलुकी साढे ७ बजे ना ६४ प ७५०६ नम्बरको मोटरसाइकलले ठक्कर दिँँदा घाइते भएका श्रेष्ठको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेकाले खोजि भइरहेको छ ।


प्रकाशित मितिः शुक्रबार, असोज २, २०७७, १०:३६