मकवानपुरः हेटौंडा उपमहानगरपालिका–११ थाना भर्‍याङमा रोकि राखेको ट्रकमा सोमबार राति मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–११ नवलपुरका १८ वर्षीय अजय बिश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार ना ५ ख ५६७८ नम्बरको रोकिराखेको ट्रकमा बा ९७ प ५४१३ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा चुरेहित अस्पताल हेटौंडामा मृत्यु भएको हो ।


प्रकाशित मितिः मंगलबार, साउन २७, २०७७, ११:२६