मकवानपुरः भिमफेदी गाउँपालिका–२ भैसेस्थित सडकबाट करिब ३४ केजी अवैध लागूऔषध गाँजा सहित एक जनालाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको बिन्दवासिनी गाउँपालिका–३ बस्ने २९ वर्षीय रबिन्द्र उपाध्याय रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ना १ ज ४७३३ नम्बरको सुमो गाडीलाई प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी गाडीका चालक उपाध्यायलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख १६ गते बिहीबार, २०:१०