मकवानपुरः करिब ५० बिगाहा क्षेत्रमा लगाएको अवैध लागूऔषध गाँजा र ५ बिगाहा क्षेत्रमा लगाएको अफिम खेती जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले फडानी गरी नष्ट गरेको छ ।

राक्सिराङ गाउँपालिका–२ स्थित माङ्सिराङ, चनौडा, सुनारीसौरा, सोही गाउँपालिका–३ स्थित गोठरी, भाटीबेसी र सोही गाउँपालिका–५ स्थित पंजनी क्षेत्रमा अवैध रूपमा खेती गरिएको उक्त लागूऔषध गाँजा तथा अफिम खेती प्रहरीले फडानी गरी नष्ट गरेको हो ।

उक्त गाँजा र अफिम खेती शुक्रबार र शनिबार प्रहरीले नष्ट गरेको हो ।


प्रकाशित मितिः २०७७ साल पुस २६ गते आइतबार, १६:०३