मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त








बिहान सुर्खेतबाट सिमिकोटका लागि उडेको मकालु एयरको जहाज करीब साढे ६ बजे पछि सम्पर्क बिहिन भएको थियो ।

प्रहरी स्रोतका अनुसार हुम्लाको खार्कोनाथ गाउँपालिकाको बाहुनखर्कमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

नाइनएन एजेयु कल साइन भएको उक्त जहाजले बिहान ६:१५ बजे हुम्ला सदरमुकाम सिमिकोटका लागि उडान भरेको थियो ।

घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।




ताजा समाचार


विशेष समाचार