काठमाडौंः काठमाडौंबाट मजदुर बोकेर दोलखा जाँदै गरेको बस आज बिहान ४ बजे रामेछापमा दुर्घटना भएको छ ।

मजदुर बोकेर गइरहेको बा २ ख ६८१८ नम्बरको बस मन्थली नगरपालिका–६ मा दुर्घटना हुँदा झण्डै १ दर्जन घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार बसमा ३९ जना सवार रहेको बताइएको छ ।

प्रहरीका अनुसार दुर्घटनाको कारण खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको छ ।

 


प्रकाशित मितिः बुधबार, वैशाख १०, ११:२६