काठमाडौंः भण्डारीको ६७ औं जन्मजयन्तीका कार्यक्रम आयोजना गरिएको छ ।

नेपालमा समाजवादका आधार बिचार गोष्ठी एवम् मदन भण्डारी राष्ट्रिय पुरस्कार अर्पण मदन भण्डारी फाउन्डेसनको आयोजनामा संचालन भएको हो ।

कार्यक्रमका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रमले मदन भण्डारी राष्ट्रिय पुरस्कारमा सम्मानित ब्यक्तित्व (चित्रकार) हरि प्रसाद शर्मालाई नगद रु एक लाख सहित र १४ औं पटक सगरमाथा आरोहण गरेका आरोही लाक्पा गेल्बु शेर्पालाई सम्मान पत्रले सम्मान गरेको छ ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री उपेन्द्र यादव, नेकपा प्रवक्ता नारायण काजी श्रेष्ठ, कांग्रेस नेत्री सुजाता कोइराला लगायतको उपस्थिति रहेको छ ।