मदन भण्डारी र जीवराज आश्रीतप्रति दासढुंगामा श्रद्धाञ्जली सभा







काठमाडौः नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको जिप दुर्घटना भएको स्थल दासढुंगामा आज विहान २५ औँ स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ ।

नेकपा एमाले चितवनले आयोजना गरेको सो कार्यक्रममा सांसद कृष्णभक्त पोखरेल, प्रदेश ३ का कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, एमाले नेता केशवलाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का चितवन इञ्चार्ज ईश्वरी भट्टराईलगायत दर्जनौँ नेता कार्यकर्ता सहभागी भएका थिए ।

कार्यक्रममा बोल्ने नेताले मदन भण्डारीले देखाएको बाटोमा हिँड्दा सफलता मिल्ने बताएका थिए । आश्रितको


शव नदीमा गाडीमै भेटिएको थियो भने भण्डारीको भने घटनास्थलदेखि अलि तल गाँजीपुरस्थित नारायणी नदी किनारमा तीन दिनपछि शव भेटिएको थियो ।

उनीहरु पोखराबाट चितवन आउने क्रममा सो दुर्घटना भएको थियो । सवार जिपमा एमाले संगठन विभाग प्रमुख जीवराज आश्रित र चालक अमर लामा थिए । चालक अमर लामाको २०५९ सालमा अज्ञात समूहले राजधानीमा हत्या गरिसकेको छ ।

सोही अवसरमा आज हुने दुई पार्टीको एकताले मदन र आश्रितको सपना पूरा हुने नेताहरुले बताएका छन् । उनीहरुले कम्युनिष्ट फुटकै कारण सधैं कमजोर बन्नुपरेको बताउँदै आगामी दिनमा आर्थिक समृद्धिका पक्षमा लाग्न एकताले बल पुर्याएको समेत बताएका छन् ।




ताजा समाचार


विशेष समाचार