मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम खण्डको काम तीव्र गतिमा भइरहेको छ । लोकमार्गको स्तरवृद्धिको काम भएपछि त्यस क्षेत्रमा सञ्चालन हुने सवारीसाधनलाई सजिलो भएको छ । यसअघि एक दिन लाग्ने रुकुम पश्चिमको खलंगादेखि रुकुमपूर्वको काँक्रीसम्म ४ घण्टामै पुग्न सकिने भएको छ ।
१३० किमि लामो सडकलाई विभिन्न आठ खण्डमा विभाजन गरेर स्तरवृद्धिको काम भइरहेको छ । रुकुम पश्चिमको चौरजहारीदेखि रुकुमपूर्वको पातिहाल्नसम्मका विभिन्न खण्डमा कालोपत्रेका लागि विभिन्न काम भइरहेको हो ।
चौरजहारीदेखि चाइनबगरसम्मको १६।५ किमि, चाइनबगरदेखि हासिबाङसम्मको १६।५ किमि र शीतलपोखरीदेखि रिनदहसम्मको १४ किमि सडकखण्ड छ ।
।
उनका अनुसार उक्त सडकको शीतलपोखरीदेखि रिनदहसम्मको १४ किमि सडकमा सबैभन्दा बढी काम भएको छ । कालिका प्यासिफिक जेभीले उक्त खण्डमा काम गरिरहेको छ ।
सोही कम्पनीले ठेक्का पाएको रुकुम पश्चिमको रिनदहदेखि रुकुमपूर्वको रुकुमकोटसम्मको १९ किमि सडक कालोपत्रेको तयारीस्वरूप सडक चौडा पार्ने काम भइरहेको छ ।
उक्त सडकको विभिन्न छ वटा खोलामा मोटरेबल पुल निर्माणकार्य पनि भइरहेको छ । मध्यपहाडी लोकमार्गको काम धमाधम भएपछि त्यस क्षेत्रका स्थानीय खुसी भएका छन् । कारोबार दैनिकमा समाचार प्रकाशित छ ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook