भक्तपुरः मध्यपुर थिमि क्षेत्रका तीन गेष्टहाउसमा प्रहरीले छापा मारेको छ ।

महानगरीय प्रहरी वृत्त ठिमीले आफ्नो क्षेत्रमा पर्ने गेष्टहाउसहरुमा लकडाउन खुलेपछि असमाजिक क्रियाकलापहरु बढेको सुचना पाएपछि शनिबार तीन वटा गेष्टहाउसमा छापा मारेको हो ।

प्रहरीले तीन वटा गेष्ट हाउसमा छापा मारेर संचालक सहित १४ जनालाई नियन्त्रणमा लिएको वृत्तका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।

पक्राउ पर्नेमा सुनकोशी गेष्ट हाउसका संचालक २० वर्षीय कमल गिरी, सनराईज गेष्ट हाउसका ३८ वर्षीय दिलध्वज खड्का र बालकुमारी गेष्ट हाउसका संचालक २४ वर्षीय नरेश बोगटीसहित सात जना महिला र चार जना पुरुष गरी १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थिमी बृत्तका प्रमुख कँडेल बताए ।


उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २५ आइतबार, १४:००