भक्तपुरः मध्यपुर थिमि निवासी राम श्रेष्ठ (बोस)लाई सूर्यविनायक नगरपालिकाले सम्मान सम्मान गरेको छ ।

थ्री स्टार क्लबका कोषाध्यक्ष तथा म्यानेजर, नेपाल भारोत्तोलन संघका उपाध्यक्ष, नेपाल टेड्सिनल नेपाल ताइक्वान्दो फेडेरेशनका अध्यक्ष र नेपाल युथ ग्रुपका अध्यक्ष समेत रहेका बोसलाई खेलकुदको क्षेत्रमा श्रेष्ठले पुर्‍याएको योगदानको कदर गर्दै नगरपालिकाका प्रमुख बासुदेव थापाले सम्मान गरेका हुन् ।

यसअघि अमेरिका र ब्राजिलको छुट्टछुट्टै कार्यक्रममा सम्मानित श्रेष्ठलाई थप हौसला प्रदान गर्ने उद्देश्यले नगरपालिकाले सम्मान गरेको हो ।

प्रमुख थापाले राम्रा काम गर्ने व्यक्तिलाई नगरपालिकाको सधैं साथ र सहयोग रहने बताए ।


। श्रेष्ठलाई अन्तराष्ट्रिय स्तरमा नेपालको नाम राख्न सफल भएकोमा उनले बधाइ समेत दिए ।

सम्मानित श्रेष्ठले नगरपालिकाको सम्मानले आत्मविश्वास र हौसला मिलेको बताउँदै आफ्नो काममा थप जिम्मेवारीवोध गराएको प्रतिक्रिया दिए ।

खेलकुद क्षेत्र सँगसँगै श्रेष्ठ विगत लामो समयदेखि समाजसेवामा समेत आवद्ध छन् ।


प्रकाशित मितिः बुधबार, पुस १६, १३:३१