भक्तपुरः मध्यपुर थिमि नगरपालिका–२ मगर गाँउमा बसोबास गर्दै आएका १५ दृष्टि बिहिन परिवारलाई रोटरी क्लब अफ मध्यपुर र ईनर व्हिल क्लव अफ मध्यपुरले संयुक्त रुपमा बिभिन्न राहत सामाग्रीहरु बितरण गरेको छ ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि सरकारले लगाएको लकडाउनको चपेटामा परेका १५ दृष्टि बिहिन परिवारलाई सोमबार राहत वितरण गरिएको हो ।

रोटरी क्लव, रोटाराक्ट क्लव, र ईनर व्हिल क्लव अफ मध्यपुरले राहत सामाग्रीमा प्रति परिवार १५ किलो चामल, २ किलो दाल, १ किलो चिउरा, १ किलो चिनी, १ लिटर खाने तेल, १ पाकेट नुन लगायतका खाद्यान्न सहयोग गरेका हुन् ।


कार्यक्रममा मध्यपुर थिमि नगरपालिका–२ का वडा अध्यक्ष राम थापा मगर, रोटरी क्लव, रोटाराक्ट क्लव, र ईनर व्हिल क्लव अफ मध्यपुरका सदस्य तथा पदाधिकारीहरुको उपस्थिति थियो ।

विगत १ महिना भन्दा बढी समय देखि पूरै देश लकडाउनका कारण दैनिक ज्याला मजदूरी गरी खानु पर्ने सर्वसाधारणको जिवनयापन कष्टकर बन्दै गएको छ ।


प्रकाशित मितिः मंगलबार, वैशाख १६, १७:३३